आँधीखोलाले बगाउँदा महिला बेपत्ता
gorkhapatraonline.com · Tue Sep 15 01:38:27 GMT 2026

स्याङ्जाको वालिङ नगरपालिका–९, भुम्रेस्थित आँधीखोलाले नुहाउने क्रममा एक महिलालाई बगाएको छ। मङ्गलबार बिहान करिब ५ बजे नुहाउने क्रममा स्थानीय ५३ वर्षीया माया पाण्डेलाई खोलाले बगाएको स्थानीयले जनाएका छन्।
घटनाको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब निरीक्षक प्रताप पौडेलको कमान्डमा खटिएको प्रहरी टोली र स्थानीयवासीले आँधीखोलाको तट तथा आसपासका क्षेत्रमा खोजी गरिरहेका छन्। बेपत्ता पाण्डेको खोजी तथा उद्धार कार्य तीव्र पारिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)