प्रधानमन्त्री राहत कोषमा पौने १४ अर्ब मौजदात, नहोस् कोषको दुरुपयोग
ajakoartha.com · Tue Sep 15 01:54:00 GMT 2026

काठमाडौँ -
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ। दाताहरुले मन खोलेर बाढी पीडितहरुको उद्धार तथा राहतमा खर्च गर्न भनेर दिएको रकमको पूर्णरुपमा सदुपयोग होस् भन्ने सबैको अपेक्षा रहेको छ । यसलाई सरकारले जिम्मेवार ढंगले सञ्चालन गरोस् । यदाकदा सुनिन थालेको छ , बाढी पीडितहरुले प्रयाप्त मात्रामा राहत पाएका छैनन् । पवित्र उद्देश्यका लागि दिएको सहयोगमा कुनै किसिमको राजनीतिकरण हुनुहुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)