बालबालिकामा प्रविधिको असर
gorkhapatraonline.com · Tue Sep 15 02:05:13 GMT 2026

मानव जीवनमा चार दशकको समय एउटा युग परिवर्तनको साक्षी बन्न पर्याप्त हुन्छ । निजामती सेवामा बिताएका मेरा चार दशकमध्ये झन्डै तीन दशक शिक्षा प्रशासनमै समर्पित रहे । यस अवधिमा शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेशको शिक्षा हेर्ने मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रदेखि नीति निर्माण र कार्यान्वयनसँग सम्बन्धित विभिन्न निकायमा रहेर काम गर्ने अवसर पाएँ । ती वर्षहरू केवल सरकारी सेवाका अभिलेख मात्र थिएनन्; ती नेपालको शिक्षाप्रणाली, सामाजिक रूपान्तरण र नयाँ पुस्ताको विकास यात्रालाई नजिकबाट नियाल्ने मात्र होइन; त्यसलाई दिशा दिने नीति निर्माण, कार्यक्रम विकास र कार्यान्वयनका अनेकौँ प्रयासमा प्रत्यक्ष सहभागी बन्ने अमूल्य अवसर पनि थिए ।
यस यात्रामा चक, डस्टर र कालोपाटीबाट सुरु भएको शिक्षण प्रणाली ह्वाइट बोर्ड, कम्प्युटर ल्याब, मल्टिमिडिया प्रोजेक्टर हुँदै आज स्मार्टफोन, ट्याब्लेट र कृत्रिम बौद्धिकता (एआई) सम्म आइपुगेको प्रत्यक्ष देख्ने अवसर मिल्यो । कुनै समय शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग विस्तार गर्न नीति, योजना र कार्यक्रम बनाउँदा हामी शिक्षाकर्मी उत्साहित थियौँ । उद्देश्य स्पष्ट थियो– दुर्गम गाउँसम्म कम्प्युटर पुर्याउने, विद्यालयमा इन्टरनेटको पहुँच विस्तार गर्ने र नेपाली विद्यार्थीलाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि सक्षम बनाउने ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)