अमेरिकी सैन्य बेसमा इरानको ठूलो हमला, धेरै सैनिक घाइते भएको दावी
annapurnapost.com · Sat May 30 07:49:42 GMT 2026

इरान : इरानले अमेरिकी सैन्य बेसमा ठूलो हमला गरेको छ । यस भीषण आक्रमणमा धेरै अमेरिकी सैनिक घाइते भएको खबर सार्वजनिक भएको छ । आक्रमणमा अमेरिकी सेनाका अत्याधुनिक र घातक ‘रीपर ड्रोन’ हरू मा पनि ठूलो क्षति भएको बताइएको छ । दुवै देशबीचको नाजुक युद्धविराम अहिले टुट्ने अवस्थामा पुगेको छ ।
इरानी सेनाले बिहीबार बिहान अमेरिकी एयर बेसलाई निशाना बनाएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले दावी गरेको छ । रातको समयमा इरानको दक्षिणी क्षेत्र, विशेष गरी बन्दर अब्बास क्षेत्रमा आक्रमण गरिएको थियो । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यो कारबाही ‘अमेरिकी आक्रामकको’ प्रतिशोध हो । अमेरिकी अधिकारीहरूले पनि यो आक्रमण भएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार पछिल्ला २४ घण्टामा इरानले कुवेतस्थित ‘अली अल सलेम एयर बेस’ मा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । यद्यपि कुवेतको एयर डिफेन्स प्रणालीले ‘फतेह–११०’ मिसाइललाई आकाशमै रोक्न सफल भयो, तर त्यसका टुक्राहरू बेसभित्र खसेपछि केही अमेरिकी सैनिक घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)