सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
nepalviews.com · Sat May 30 08:01:43 GMT 2026

सप्तरी । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।
स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । उनकाअनुसार केरा बगानमा धानको बीउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)