बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा महिलाको शव फेला
annapurnapost.com · Sat May 30 07:57:59 GMT 2026

झापा : झापाको दमकमा बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि एक महिलाको शव फेला परेको हो ।
बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा आज बिहान साढे १० बजे शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)