खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको मृत्यु
nagariknews.nagariknetwork.com · Sat May 30 07:56:20 GMT 2026

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ।
स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छन्। उनका अनुसार केरा बगानमा धानको बीउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)