भारतबाट ६५४ मेगावाटसम्म बिजुली आयात गर्ने बाटो खुल्यो, लोडसेडिङको भय अन्त्य
corporatenepal.com · Tue Sep 15 02:51:31 GMT 2026

काठमाडौं । बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि नेपालले भारतबाट थप ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउने भएको छ । आगामी पुस १५ (डिसेम्बर ३१) सम्म आवश्यकताअनुसार भारतबाट विद्युत् आयात गर्न सकिने व्यवस्था मिलाइएको हो । भदौ १० गते आएको विनाशकारी बाढीले देशभित्र सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि विद्युत् आपूर्ति व्यवस्थापनका लागि भारतबाट थप बिजुली आयातको बाटो खुलेको हो । नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूका अनुसार आयोजनामा क्षति पुगे पनि देशभित्र विद्युत् अभाव हुन नदिने गरी व्यवस्थापन भइरहेको छ ।
दुई प्रसारण लाइनबाट आयात
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)