विकास आयोजनाहरूको सुरक्षाका लागि सरकारको ६ बुँदे अवधारणा
baahrakhari.com · Tue Sep 15 02:58:28 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोसी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति र सुरक्षा संकट निम्त्याएपछि ऊर्जा मन्त्रालय आयोजनाहरूको सुरक्षाको पूर्वतयारीमा जुटेको हो ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार मन्त्रालयले देशका विभिन्न आयोजनाहरूको निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण नीतिगत व्यवस्थाहरू अघि बढाएको छ । आयोजनास्थलमा हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र कामदारहरूको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले नयाँ अवधारणा कार्यान्वयनमा ल्याउने तयारी थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)