माथिको एउटा यस्तो आदेश, जसले सेयर बजार चलायमान बनाउन अर्थमन्त्री वाग्लेलाई ‘यु टर्न’ गरायो
clickmandu.com · Tue Sep 15 03:07:55 GMT 2026

काठमाडौं । गत शुक्रबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको शिथिलता हटाउन १० देखि १२ बुँदे सुधार कार्ययोजना ल्याउने तयारी भइरहेको अभिव्यक्ति दिए । यो अभिव्यक्ति सेयर बजारमा चासो राख्ने धेरैजसो लगानीकर्ताका लागि केही आश्चर्यजनक पनि थियो । किनभने, अर्थमन्त्री वाग्लेले बजारको विषयमा यसअघि बारम्बार राखेका धारणा भन्दा यो निकै फरक थियो ।
अर्थमन्त्रीको भूमिका निर्वाह गरेदेखि नै वाग्लेले आफूले सस्तो लोकप्रियताका लागि बजारलाई बढाउने नीति अवलम्बन नगर्ने विषय राख्दै आएका थिए । क्षणिक लोकप्रियताभन्दा मुलुकको अर्थतन्त्रमा दीर्घकालीन रूपमा सुधार हुने गरी कार्य गर्ने र सोबापत् आलोचना भए त्यसलाई सहन पनि तयार रहेको तर्क उनको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)