बेटी पढाऊँ, बेटी बचाऊँ कार्यक्रम
gorkhapatraonline.com · Tue Jun 23 04:00:50 GMT 2026

रुपन्देहीको गैडहवा गाउँपालिकाको नवौँ अधिवेशनले बेटी पढाऊँ, बेटी बचाउँ अभियानलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाले विगत चार वर्षदेखि पालिकाभित्र जन्मिने बच्चाको नाममा बैङ्कमा पाँच हजार नगद जम्मा गर्दै आएको छ । पालिकाले उक्त रकममा हरेक वर्ष पाँच हजार थप गर्दै २० वर्षमा मात्रै निकाल्न पाउने व्यवस्था गरेको छ ।
त्यसै गरी बालविवाहको समस्या न्यूनीकरण गर्ने उद्देश्यले बिहेबारी : २० वर्षपारि अभियान सफलताका लागि बालिका बिमा कार्यक्रमलाई पालिकाले निरन्तरता दिएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले रुपन्देहीको विष्णुपुरामा रहेको गाविस सभाहलमा आइतबार आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेटी पढाऊँ, बेटी बचाऊँ तथा बिहेबारी २० वर्ष पारि कार्यक्रमसहित कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)