भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
ratopati.com · Tue Jun 23 04:14:41 GMT 2026

कैलाली । धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ तथा ‘रानाथारू समुदायको पधना र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।
उपमहानगरपालिकाको १५औँ नगरसभाले थारू तथा रानाथारू समुदायका परम्परागत सामाजिक संस्थाको संरक्षण, संवद्र्धन तथा विकासका लागि उक्त विधेयक सर्वसम्मत रुपमा स्वीकृत गरेको हो । आइतबार सम्पन्न नगरसभामा पेस गरिएका दुवै विधेयक स्वीकृत भएसँगै थारू तथा रानाथारू समुदायमा परम्परादेखि अभ्यास हुँदै आएका भलमन्सा र पधना प्रथाको संरक्षण, अभिलेखीकरण, संवद्र्धन तथा विकासका लागि स्थानीय तहमा कानुनी आधार तयार भएको उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला रानाले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)