राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ -अध्यक्ष लिङ्देन
kendrabindu.com · Sat Jun 27 13:17:57 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताएका छन् ।
काठमाडौं जिल्ला अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले महाधिवेशन तोकिएकै मितिमा हुने र त्यो परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए । उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमै गर्ने भएका छौं । महाधिवेशनमा जान कुनै कुराले रोक्दैन । मिति परिवर्तनको कुनै सम्भावना छैन । महाधिवेशनको पूर्व तयारीका क्रममा गर्नुपर्ने स्थानीय तहको अधिवेशनहरुमा सक्रिय रुपले सहभागि हुन सबैलाई आग्रह गर्दछु ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)