दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता
lokaantar.com
भारतीय जनता पार्टीले दिल्ली व्यवस्थापिका दलको नेतामा रेखा गुप्तालाई चयन गरेको छ । यससँगै अब उनी नै दिल्लीको नयाँ मुख्यमन्त्री हुने भएकी छन् ।
व्यवस्थापिका दलको नेतामा निर्वाचित भएपछि रेखा गुप्ताले भनिन्, 'यहाँ मलाई आशीर्वाद दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद। मेरा सबै साथी विधायकहरूले आफ्नो समर्थन दिएर मलाई यो जिम्मेवारी दिनुभएको छ। म तपाईंहरू सबैलाई हृदयदेखि नै धन्यवाद दिन्छु।' उनी अब महिला मुख्यमन्त्रीको रुपमा दिल्लीको नेतृत्वमा हुनेछिन् । उनको शपथ बिहीबार हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)