पुस्तक बेचेर बाढीपीडितका लागि न्यूयोर्कमा जुटाइयो २ लाख ३० हजार रुपैयाँ
ratopati.com · Tue Sep 15 04:07:16 GMT 2026

न्यूयोर्क । रसुवा बाढी पीडितहरुको सहयोगार्थ अमेरिकाको न्यूयोर्कमा आयोजित ‘बाढीपीडितका लागि पुस्तक–आशाको कथा’ कार्यक्रमबाट १ हजार ५ सय २ अमेरिकी डलर अर्थात् करिब २ लाख ३० हजार नेपाली रुपैयाँ संकलन भएको छ ।
नेपालका बाढीपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पुस्तक बिक्री तथा सहयोगमार्फत उक्त रकम संकलन गरिएको हो । संकलित सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरी बाढीपीडित परिवारको सहयोगमा प्रदान गरिने आयोजक पासाङ नुरु शेर्पा एवं प्रतिक्षा थकालीले बताएका छन् । रकम जम्मा गरिसकेपछि त्यसको विस्तृत विवरणसमेत पारदर्शी रूपमा सार्वजनिक गरिने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)