सार्वजनिक खरिदमा विद्युतीय प्रणाली बन्द गरिएकोप्रति कुलमानको आपत्ति
nepalsamaya.com · Tue Sep 15 04:05:25 GMT 2026

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिदमा प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली (ई–जिपी) साइबर सुरक्षा जोखिम देखाउँदै अनिश्चितकालका लागि बन्द गरिएको विषय गम्भीर र आपत्तिजनक भएको बताएका छन्।
घिसिङले भदौ, असोज र कात्तिक महिना नयाँ ठेक्का आह्वान तथा बजेट कार्यान्वयनलाई गति दिने महत्वपूर्ण समय भएकाले यही बेला ई–जिपी बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सयौँ सार्वजनिक खरिद तथा विकास निर्माणका काम प्रभावित हुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)