बागलुङमा लाखे नाचको विसर्जन
gorkhapatraonline.com · Tue Sep 15 04:27:36 GMT 2026

भदौरे जात्राअन्तर्गत बागलुङ बजारका नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच विसर्जन गरिएको छ। साउनकृष्ण चतुर्दशी अर्थात् घण्टाकर्णको भोलिपल्टदेखि सुरु हुने लाखे नाच हरितालिका तिजका दिन विधिपूर्वक विसर्जन गरिएको हो।
नेवार समुदाय र शाक्य कल्याण समाजको अगुवाइमा बागलुङ बजारका चोक तथा गल्लीमा लाखे नाच प्रदर्शन गरिन्छ। तिज पर्वको अवसरमा बाजागाजासहित बागलुङ कालिका भगवती मन्दिरमा पूजाआजा गरी यस वर्षको लाखे नाच विसर्जन गरिएको शाक्य कल्याण समाजका अध्यक्ष बाबुलाल शाक्यले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)