महाधिवेशनमा समय व्यवस्थापन र जनमतको सम्मान गर्न सांसद न्यौपानेको आग्रह
nepalpress.com · Mon Jun 22 13:47:40 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा देखिएको ढिलाइप्रति चासो व्यक्त गर्दै समयको महत्त्व बुझ्न र प्रतिनिधिहरूको सम्मान गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सांसद न्यौपानेले लोकतन्त्रको आधार निर्वाचन भएको उल्लेख गर्दै निर्वाचनको परिणामलाई सम्मान गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनमा विजय वा पराजयलाई लिएर अतिरञ्जित प्रतिक्रिया दिनुभन्दा जनमतको सम्मानलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)