श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट
nepalsamaya.com · Sat Jun 27 13:25:21 GMT 2026

काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरले शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियालाई स्थगन गर्न विशेष आग्रह गरे। साथै, उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत् अगाडि बढाइयोस् भन्ने विषयमा पनि उनले विशेष अनुरोध गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)