करोडौँको अस्पताल सुनसान
gorkhapatraonline.com · Tue Sep 15 04:44:05 GMT 2026

स्याङ्जाको वालिङ नगरपालिका–१, रामवाच्छामा आकर्षक नगर अस्पतालको भवन निर्माण सम्पन्न भएको झन्डै दुई वर्ष भएको छ । भवन बनेको लामो समयसम्म पनि अस्पताल सञ्चालन हुन नसकेका बेला गण्डकी प्रदेश सरकारको पछिल्लो निर्णयले झनै अन्योल बढाएको हो । गण्डकी प्रदेश सरकारले वालिङ नगर अस्पताललाई स्तरोन्नति गरी २५ शय्याको बनाएर प्रदेशमातहत ल्याउन नेपाल सरकारसमक्ष अनुरोध गरेको छ तर ‘प्रदेश सरकारलाई थप आर्थिक दायित्व नपर्ने गरी’ भन्ने सर्तले वालिङ क्षेत्रका नागरिक, जो घरदैलोमै स्वास्थ्यसेवा पाउने आशामा बसेका थिए, निराश बनेका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. युवानिधि बसौलाद्वारा हस्ताक्षरित २०८३ असार ११ गतेको पत्रका आधारमा अन्योल बढेको दाबी गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पठाइएको पत्रमा “प्रदेश सरकारलाई थप आर्थिक दायित्व नपर्ने गरी वालिङ नगर अस्पताल (गह्रौँ प्राथमिक अस्पताल) लाई २५ शय्यामा स्तरोन्नति गरी प्रदेशमातहत ल्याई सञ्चालन गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने,” उल्लेख गरिएको छ । प्रदेश सरकारको यो निर्णयपछि ‘आर्थिक भार नबेहोर्ने भए अस्पतालमातहत ल्याउनुको औचित्य के ?’ भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध र विवाद सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)