परीक्षामा खोसिएका ४९६ मोबाइल पानीमा डुबाएर नष्ट
gorkhapatraonline.com · Sat Jun 06 03:41:29 GMT 2026

सिरहा जिल्लामा सम्पन्न एसइई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षाको मर्यादा विपरीत मोबाइल फोन लिएर परीक्षा हलभित्र प्रवेश गरेका विद्यार्थीहरूबाट खोसिएका ४९६ वटा मोबाइल जिल्ला प्रहरी कार्यालय सिरहाले पानीमा डुबाएर नष्ट गरेको छ। करिब एक करोड रुपियाँभन्दा बढी मूल्यका मोबाइल नष्ट गरिएको विषय अहिले चर्चामा छ।
परीक्षाको मर्यादा उल्लङ्घन गरी मोबाइल लिएर आउने विद्यार्थीका उपकरण जफत गरी नष्ट गर्न मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले दिएको निर्देशनअनुसार नै कारबाही गरिएको जिल्ला परीक्षा समन्वय समिति सिरहाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)