बाढीले क्षति पुर्याएका नुवाकोट र धादिङका झोलुंगे पुल मर्मत थालियो
kendrabindu.com · Tue Sep 15 04:49:24 GMT 2026

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका झोलुंगे पुलमा ठूलो क्षति पुगेको छ । सरकारले पुल मर्मत तथा पुनर्निर्माणको काम अघि बढाएको छ ।
बाढीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशूली नदीमाथि रहेका झोलुंगे पुलमा क्षति पुर्याएपछि स्थानीयको दैनिक आवतजावत प्रभावित भएको छ । पुलमा क्षति पुगेसँगै नदीको एक किनारबाट अर्कोमा जान स्थानीयलाई समस्या भएको छ । बजार, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यक सेवाका लागि वारिपारि गर्ने अवस्था समेत प्रभावित बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)