नेप्सेको अंक होइन, नेपालको पुँजी परिचालन क्षमता बढाऔँ
nepalpress.com · Tue Sep 15 04:45:45 GMT 2026

पछिल्ला दिनमा बजार नियाल्दा प्रधानमन्त्री र अर्थमन्त्रीबीच पुँजीबजारको मामिलामा पूर्ण तालमेल मिलेजस्तो देखिँदैन। केही दिनअघि मात्र प्रधानमन्त्रीले चार जना व्यवसायीसँग भेटघाट गर्नुभयो र भोलिपल्टै बजारले केही सकारात्मक आशा देखायो। यस्तो प्रतिक्रिया अस्वाभाविक होइन; बजार सधैँ सरकारको हरेक चालमा तत्काल प्रतिक्रिया दिन्छ। तर एउटा भेटघाट वा एउटा उत्साहित दिनले दीर्घकालीन समाधान दिँदैन। भोलि फेरि नियमनको अन्योल वा नीतिगत बेमेल देखियो भने बजार उस्तै गरी तल पनि झर्न सक्छ।
नेपालको सेयर बजारबारे बहस सुरु हुनासाथ हाम्रो ध्यान नेप्से परिसूचकमा पुग्छ। परिसूचक बढ्यो भने सरकार सफल, घट्यो भने असफल भन्ने भाष्य निर्माण गरिन्छ। लगानीकर्ताको सम्पत्ति घट्दा चिन्ता हुनु स्वाभाविक हो, तर देशको पुँजीबजारको स्वास्थ्य एउटा अङ्कले वा एउटा भेटघाटले मात्र देखाउँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)