सिराहामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु
ratopati.com · Tue Sep 15 04:54:44 GMT 2026

सिराहा । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामदयाल यादवका चार वर्षीय छोरा आयान्स कुमार यादव रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालक मंगलबार बिहान आफ्नै घरअगाडि खेलिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गोलबजारतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)