लाओसको गुफामा फसेका थप ४ जनाको उद्धार : उद्धारकर्ता
barnanmedia.com · Sat May 30 10:20:19 GMT 2026

लाओसको एउटा गुफामा दश दिन देखि फसेका थप ४ जनालाई उद्धार गरिएको उद्धारकर्ताहरूले बताएका छन् । एक दिन अघि उनीहरुलाई सतहमा ल्याइएको जनाउँदै अझै दुई जना बेपत्ता रहेको जनाइएको छ ।
सतहको पानीलाई पम्प गरेर तिनीहरूलाई बाहिर निकाल्न सक्षम भएको उद्धारकर्ताहरुले बताएका छन् । थाइल्यान्ड रेसकिउ डाइभर फेसबुक पोष्टमा शनिबार करिब दिउँसो ३ः १० बजे उद्धार अधिकारीहरूले थप ४ जना मानिसहरूलाई बाहिर निकाल्न सफल भएको जनाइएको छ । हाल सम्म पाँच जनालाई उद्धार गरिएको उल्लेख गर्दै दुई जना अझै बेपत्ता रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)