गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता
barnanmedia.com · Sat Aug 29 02:55:46 GMT 2026

भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र भैलद्योको आकर्षण मात्र देख्नुहुन्छ होला तर गाईजात्राको दिन बिहानै बाजागाजासहित भक्तपुरका नौ वटा पूर्व फर्केका ढुङ्गेधारा खोज्दै हिँड्ने ‘गुपु हिटी सिकेगु’ अर्थात् नौ ढुङ्गेधारा चिन्न जाने परम्परा पनि छ ।
यही परम्परालाई निरन्तरता दिँदै भक्तपुर नगरपालिका–८ लिवालीस्थित निओ फ्युजन बाजा समूहले आज बिहानैदेखि ‘गुपु हिटी सिकेगु’ कार्यक्रम आयोजना गरेको छ । समूहका अध्यक्ष सविन लेबाले लोप हुने अवस्थामा पुगेको परम्परालाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)