हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे संवाद
nagariknews.nagariknetwork.com · Sat May 30 11:13:04 GMT 2026
सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली बाह्य कार्य सेवा (इईएएस) मा ‘जलवायु परिवर्तन र यसको हिमालयमा प्रभाव’ विषयमा अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आयोजना गरेको छ।
संवादमा बेल्जियममा कार्यरत विभिन्न देशका राजदूत, नियोग प्रमुख, कूटनीतिज्ञ, नेपाल, बेल्जियम तथा युरोपेली सङ्घ (ईयू) का सरकारी अधिकारी, जलवायु वैज्ञानिक, प्राज्ञ, विद्यार्थी तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा जलवायु परिवर्तनका कारण हिमाली राष्ट्रहरूले भोगिरहेका चुनौतीबारे विशेष छलफल गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)