बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो
khabarhub.com · Tue Sep 15 05:57:19 GMT 2026

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६ करोड ५५ हजारभन्दा बढी बिगो दाबी रहेका फरार प्रतिवादी नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष बीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त सिंहदरबारको टोलीले भदौ २९ गते दिउँसो काठमाडौँ महानगरपालिका–२९ हनुमानथानबाट तामाङलाई नियन्त्रणमा लिएको हो। नुवाकोट किस्पाङ गाउँपालिका–३ घर भई नयाँबजार बस्दै आएका तामाङमाथि उपत्यकाका विभिन्न प्रहरी वृत्त तथा परिसरहरूमा बैंकिङ कसूर र ठगीसम्बन्धी मुद्दाहरू दर्ता रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)