मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु, २९ वर्षीय चालक नियन्त्रणमा
himalpress.com · Tue Sep 15 06:09:08 GMT 2026

काठमाडौँ- पूर्व-पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका २ झिलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका २ निवासी भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका लेखराजको टाउको र छातीमा चोट लागेको थियो । उनको माया मेट्रो अस्पताल, धनगढीमा उपचारको क्रममा बिहान ९: २० बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन्। मिनी ट्रकका चालक जिल्ला कैलाली, लम्कीचुहा नगरपालिका –०२ बस्ने २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)