बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
nepalpress.com · Tue Sep 15 06:06:28 GMT 2026

काठमाडौं । वरिष्ठ कार्डियोलोजिस्ट डा. स्मृति शाक्यले विश्वमा उपलब्ध मुटुसम्बन्धी अत्याधुनिक उपचार प्रविधि अब नेपालमै सम्भव रहेको सन्देश आम नागरिकसम्म पुर्याउनु आवश्यक रहेको बताएकी छन् । उनी इजरायलबाट भर्खरै ‘स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन’ सम्बन्धी फेलोसिप पूरा गरी नेपाल फर्किएकी हुन् ।
विगत करिब सात वर्षदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा इन्टरभेन्सनल कार्डियोलोजिस्टका रूपमा कार्यरत शाक्यले अत्याधुनिक प्रविधिबाट उपचार गर्न सक्ने दक्ष जनशक्ति नेपालमै तयार भइसकेको बताइन् । यद्यपि त्यसका लागि आवश्यक अत्याधुनिक उपकरण, प्रविधि र स्रोत–साधनको उचित व्यवस्थापन हुनुपर्नेमा उनको जोड छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)