माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने
rajdhanidaily.com · Tue Sep 15 06:12:03 GMT 2026

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने भएको छ । माङसेबुङ –३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा गाउँपालिकाले फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण थालेको हो ।
किरात धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा सामाजिक सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका फाल्गुनन्दको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले सालिक निर्माण थालिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । त्यहाँ निर्माणाधीन फाल्गुनन्दको सालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)