चिया निर्यातका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
kalakarmi.com · Tue Jun 23 07:11:46 GMT 2026

काठमाडौं- नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय सिफारिस गर्न सरकारले विशेष कार्यदल गठन गरेको छ । नेपाली चिया निर्यातमा पछिल्लो समय देखिएका विभिन्न अवरोध तथा चुनौतीहरूको अध्ययन गरी समाधान खोज्ने उद्देश्यले कार्यदल गठन गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कार्यदललाई चिया निर्यातसम्बन्धी समस्याहरूको विस्तृत अध्ययन गरी दुई साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिवेदनमा तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन समाधानका उपायहरू समेटिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)