बाढीको क्षतिबारे जिल्ला प्रशासन कार्यालय नुवाकोटले दियो यस्तो जानकारी
ratopati.com · Sat Aug 29 03:00:52 GMT 2026

नुवाकोट। गत भदौ १० गते आएको भीषण बाढीले नुवाकोट जिल्लामा ठुलो जनधनको क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढीका कारण हालसम्म ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०५ जना अझै बेपत्ता रहेका छन् ।
प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाकै शव प्राप्त भए पनि उनीहरूको पहिचान (सनाखत) हुन बाँकी छ । बेपत्ता हुनेहरूको संख्या ४०५ पुगेको छ, जुन आफन्तहरूले दिएको जानकारीका आधारमा संकलन गरिएको हो । बाढीमा परी ४० जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)