खोलामा बोराभित्र महिलाको शव फेला
onlinekhabar.com · Sat May 30 12:09:49 GMT 2026

१६ जेठ, विराटनगर । झापाको दमक नगरपालिका–१०, सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि शंकास्पद अवस्थामा महिलाको शव फेला परेको छ । शनिबार बिहान करिब ११ बजे सेतो प्लाष्टिकको बोरामा पोको पारिएको शव फेला परेको हो । अन्दाजी ३०–३२ वर्षीया महिलाको शवको पहिचान खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काका अनुसार बोरा भित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा अन्तकतैबाट शव ल्याएर पुल माथिबाट फालेको जस्तो देखिन्छ । प्रहरीका अनुसार शव २–३ दिन पुरानो हुनसक्ने अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)