हराउँदै सुकुल भोज
reportersnepal.com · Tue Sep 15 06:57:47 GMT 2026

ख्वप (भक्तपुर), ३० भदौ । नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न छ, त्यति नै खानपान र खाने शैलीले पनि परिचित छ । नेवार समुदायमा हरेक महिनाजसो कुनै न कुनै अवसरमा भोज हुने गर्दछ । यसलाई नेपाल भाषामा सुकु भ्वय अर्थात सुकुल भोज भनिन्छ । तर पछिल्लो समय सामूहिक रूपमा सुकुलमा बसेर खाने यो परम्परागत भोज विस्तारै हराउँदै गएको छ ।
सुकुल भोज विस्तारै मृत्यु सस्कार र गुठीको भोजमा मात्र सीमिति भएको देखिन्छ । अन्य शुभकार्य जस्तै ब्रतबन्ध, बेलविवाह, गुफा, पास्नी, विबाहलगायतका भोज अधिकांश भोज पार्टी प्यालेस तथा आधुनिक सभाहलमा आयोजना हुन थालेका छन् । सुकुलको स्थानमा अहिले कुर्सी र टेबलले लिन थालेका छन् । संस्कृति अध्ययनकर्ता गणेश रञ्जितकार बदलिँदो जीवनशैली, बढ्दो व्यस्तता र आधुनिक पहिरनका कारण सुकुल भोजको प्रचलन घट्दै गएको बताउँछन् । सुकुल भोजमा लामो समयसम्म बसेर क्रमशः परिकार खानुपर्ने भएकाले अहिलेको व्यस्त जीवनशैलीसँग यसको तालमेल नमिलेको उनी बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)