जुरेभलाई यूएस ओपन
annapurnapost.com · Tue Sep 15 06:59:01 GMT 2026
एजेन्सी/ न्युयोर्क : जर्मनीका एलेक्जेन्डर जुरेभले वर्षौँदेखिको प्रतीक्षा अन्त्य गर्दै पहिलोपटक यूएस ओपन टेनिसको पुरुष एकल उपाधि जितेका छन्। आर्थर एस रंगशालामा भएको फाइनलमा जुरेभले घरेलु खेलाडी बेन सेल्टनलाई पराजित गर्दै करियरको दोस्रो ग्रान्डस्लाम उपाधि आफ्नो नाममा लेखाएका हुन्।
विश्व वरीयतामा दोस्रो स्थानमा रहेका जुरेभले आठौं वरीयताका सेल्टनलाई ६–३, ७–६ (७–२), ५–७, ६–२ ले पराजित गरेका थिए। तीन घण्टा ३७ मिनेट चलेको खेलमा जुरेभले आफ्नो शक्तिशाली सर्भिस, आधाररेखाबाटको आक्रामक खेल र निर्णायक क्षणमा देखाएको संयमका कारण शेल्टनलाई दबाबमा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)