न्याय परिषद्को सचिवमा भट्टराई सिफारिस
baahrakhari.com · Tue Sep 15 07:04:09 GMT 2026

काठमाडौं । न्याय सेवा आयोगको बैठकले न्याय परिषद् सचिवालयका कायममुकायम सचिव रामप्रसाद भट्टराईलाई परिषद् सचिवका लागि सिफारिसको निर्णय गरेको छ ।
प्रधानन्यायाधीश डा. मनोज शर्माको अध्यक्षतामा मंगलबार (भदौ ३०) बसेको बैठकले परिषद् सचिवमा भट्टराईलाई सिफारिस गर्ने निर्णय गरेको हो । भट्टराई २०२९ वैशाख १७ गते झापामा जन्मिएका हुन् । उनी २०५६ भदौ ७ गते न्याय सेवाको अधिकृत पदबाट सेवा प्रवेश गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)