इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब
ratopati.com · Tue Sep 15 07:09:19 GMT 2026

इरान । इरानविरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी आएको र हतियार पुनःआपूर्तिमा औद्योगिक अवरोध देखिएको अमेरिकी रक्षा विभागका महानिरीक्षकले बताएका छन् । कङ्ग्रेसलाई बुझाइएको प्रतिवेदनअनुसार ‘अपरेसन एपिक फ्युरी’ को फेब्रुअरी २८ देखि जुन ३० सम्मको अनुमानित लागत ३३ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ भने २२ अर्ब ३० करोड डलर खर्च भइसकेको छ ।
प्रतिवेदनले अभियानमा ठूलो मात्रामा हतियार प्रयोग हुँदा रणनीतिक भण्डार घटेको उल्लेख गरेको छ । युद्धका क्रममा चार एफ–१५ विमान र ३० एमक्यू–९ रिपर ड्रोन नष्ट भएका तथा एउटा एफ–३५ र सात केसी–१३५ ट्याङ्कर विमान क्षतिग्रस्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)