शिक्षामन्त्री अस्वस्थ, संसदीय समिति बैठक स्थगित
onlinekhabar.com · Tue Sep 15 07:04:03 GMT 2026

३० भदौ, काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेल अस्वस्थ्य भएर अनुपस्थित रहेपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ। सिंहदरबारमा मंगलबार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सांसदहरू उपस्थित भएका थिए। तर मन्त्री अस्वस्थ भएको खबरपछि बैठक स्थगित गरिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)