फेरि पनि ट्रफीकै विवाद
annapurnapost.com · Tue Sep 15 07:00:39 GMT 2026
एजेन्सी/दुबई : श्रीलंकालाई ७२ रनले पराजित गर्दै आठौं पटक महिला एसिया कपको उपाधि जितेको भारतीय महिला क्रिकेट टोलीको ऐतिहासिक सफलताभन्दा पनि ट्रफी वितरण समारोह बढी चर्चामा रहेको छ।
उपाधि जितेपछि भारतीय टोलीले एसियाली क्रिकेट परिषद् (एसीसी) का अध्यक्ष तथा पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीको हातबाट ट्रफी लिन अस्वीकार गरेपछि क्रिकेटमा फेरि एकपटक भारत–पाकिस्तान राजनीतिक तनावको प्रभाव सतहमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)