भारतले नेपाललाई दैनिक १८ घण्टासम्म ६५४ मेगावाट बिजुली दिने
bishowkhabar.com · Tue Sep 15 07:11:07 GMT 2026

काठमाडौं – भारतले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको विद्युत् मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी यो निर्णय गरेको हो ।
भारतीय प्रेस सूचना ब्युरोका अनुसार मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म मुजफ्फरपुर–ढल्केबर ४ सय केभी प्रसारणलाइनबाट ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगर १ सय ३२ केभी प्रसारणलाइनबाट ५४ मेगावाटसम्म विद्युत् उपलब्ध हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)