सावधान : तौल घटाउने भन्दै लो–कार्ब डाइट खाइरहनु भएको त छैन ?
ratopati.com · Sat Aug 29 03:05:49 GMT 2026

काठमाडौँ । शरीरलाई स्वस्थ र तन्दुरुस्त स्वास्थ्य विशेषज्ञहरूले सबैलाई आफ्नो आहारमा सुधार गर्न सल्लाह दिन्छन् । हाम्रो थालमा शरीरलाई सबैभन्दा आवश्यक पोषक तत्त्वहरू प्रदान गर्ने सकेसम्म धेरै खानेकुराहरू हुनु पर्छ भनेर डाक्टरहरू भन्छन् । आहारमा प्रोटिन, फाइबर र भिटामिनले भरिपूर्ण खानेकुराहरू समावेश गर्दा शरीरमा तौल र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सजिलो हुन सक्छ ।
तौल बढ्नुलाई धेरै रोगहरूको प्रमुख कारण मानिन्छ । जबजब तौल नियन्त्रणको कुरा आउँछ, मानिसहरूले कम कार्बोहाइड्रेटयुक्त आहारबारे कुराकानी गरेको सुनिन्छ । भात, रोटी, आलु लगायत कार्बोहाइड्रेट धेरै पाइने खानाहरू कम खानु स्वास्थ्यको लागि लाभदायक हुन सक्छ । तर तौल घटाउनकै लागि भनेर सबैलाई यस्तै खालको आहार लाभदायक हुन्छ भन्ने चाहिँ होइन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)