प्यालेस्टिनी बालबालिकाहरू दुर्व्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
makalukhabar.com · Tue Jun 23 08:10:43 GMT 2026

एजेन्सी । मानव अधिकार वादीहरू तथा मानवीय संस्थाहरू गाजा र वेस्ट ब्याङ्क लगायत कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा आफ्नो काम रोक्न वा घटाउन बाध्य भएकाले प्यालेस्टिनी बालबालिकाहरू असुरक्षित र दुर्व्यवहारको उच्च जोखिममा रहेको चेतावनी बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले दिएको छ ।
विज्ञप्ति जारी गर्दै समितिले मानव अधिकार रक्षकहरू र अन्य नागरिक समाजलगायतका सङ्गठनहरूलाई आतङ्ककारीको आरोप लगाउने इजरायलको दमनकारी रणनीतिको कडा शब्दमा निन्दा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)