मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरे “मिडिया सम्मेलन २०८३” उद्घाटन
ajakoartha.com · Sat Jun 06 03:55:00 GMT 2026

काठमाडौं- नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा “मिडिया सम्मेलन २०८३” आज हेटौँडामा सुरु भएको छ । सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले गर्नु भएको थियो । सम्मेलनमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नितु पण्डित, कोषाध्यक्ष रामकृष्ण अधिकारी लगायत केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो । साथै प्रदेश सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सञ्चार क्षेत्रका अगुवा, मानवअधिकारकर्मी तथा विभिन्न पत्रकार सम्बद्ध संघ–संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)