खर्कबाट ऊन, दूध र मासु उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्छ : सभापति चौधरी
onlinekhabar.com · Tue Sep 15 07:43:48 GMT 2026

३० भदौ, काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालका खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्दै ऊन, दूध र मासुजन्य उत्पादन बढाएर आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्नुपर्ने बताएकी छिन् ।
सभापति चौधरीले खर्क तथा चरन क्षेत्र पशुपालन र हिमाली समुदायको जीविकोपार्जनको आधारसँगै देशको उत्पादन र अर्थतन्त्रसँग जोडिएको महत्त्वपूर्ण स्रोत भएकाले यसको व्यवस्थित उपयोग आवश्यक रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)