सुटिङमा घोडचढी गर्दा लडे अभिनेता विजय बराल, हातमा लाग्यो चोट
nagariknews.nagariknetwork.com · Sat May 30 13:05:43 GMT 2026

चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् । छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो ।
यही जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो । करिब १५ दिनको सेड्युल सकेर बुधबार एक दृश्यका लागि घोडा चढ्ने क्रममा अचानक सन्तुलन बिग्रँदा बराल दुर्घटनामा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)