हेल्थ याद आयो र क्लिनिकल बंगलादेशबीच साझेदारी
nepalviews.com · Sat May 30 13:24:36 GMT 2026

ललितपुर । नेपालमा डिजिटल स्वास्थ्य सेवामा कार्यरत हेल्थ याद आयो र बंगलादेशको डिजिटल स्वास्थ्य संस्था क्लिनिकल लिमिटेडबीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तारका लागि सहकार्य सुरु भएको छ। दुवै संस्थाबीचको सहकार्यअनुसार सेवा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा जेठ १ गतेदेखि सञ्चालनमा आएको हो।
यस सहकार्यसँगै बंगलादेशका सेवाग्राहीहरूले अब नेपालका विशेषज्ञ चिकित्सकहरूसँग अनलाइन माध्यमबाट स्वास्थ्य परामर्श लिन सक्नेछन्। साथै जटिल स्वास्थ्य समस्याका विषयमा काठमाडौंस्थित अन्तर्राष्ट्रियस्तरका अस्पतालहरूबाट मेडिकल सेकेन्ड ओपिनियन (दोस्रो चिकित्सकीय राय) प्राप्त गर्ने सुविधा पनि उपलब्ध गराइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)