एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गा कारोबार, राजस्व र कर्जा प्रवाह पनि बढ्यो
ratopati.com · Tue Sep 15 08:09:37 GMT 2026

काठमाडौँ । पछिल्लो समय शिथिल बनेको घरजग्गा व्यवसायमा हाल आएर उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अध्ययन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, सङ्ख्या, राजस्व र बैंक कर्जा प्रवाहमा वृद्धि देखाएको हो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ एक आर्थिक वर्षमा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । यो अघिल्लो आर्थिक वर्ष ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँको भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बरले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)