पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु
kendrabindu.com · Sat Aug 29 03:10:50 GMT 2026

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार (भदौ १२) साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७, हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३०, ढुंगेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीकाको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिइन् ।
दुवैजनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा सुष्माको मृत्यु शुक्रबारै राति भएको थियो । उनकी छोरीको मृत्यु आज (भदौ १३) बिहान भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)