जलवायु परिवर्तनको असर घटाउन विश्वसमुदायलाई आह्वान गर्छौं : प्रधानमन्त्री बालेन
baahrakhari.com · Tue Sep 15 08:39:59 GMT 2026

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका निम्ति आह्वान गरिने बताएका छन् ।
प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’का क्रममा पठाएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषय विश्वसमुदायको साझा जिम्मेवारी रहेकाले समाधानका निम्ति सबैको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)